images
images

आइतवार, जेठ ६ गते २०८१

बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौं : देउवा

बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौं : देउवा

images
images
images
शुक्रवार, बैशाख २२ २०८०
शुक्रवार, बैशाख २२ २०८०
  • बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौं : देउवा

    काठमाडौं, २२ वैशाख । 
    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गर्नु पर्ने बताएका छन् । 

    images
    images
    images

    बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दैै पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले हत्या र हिंसाको विरोध गर्न पनि आब्हान गरेका छन् । 

    हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । मानव अधिकार विरोधी यस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक कार्य गर्न आश्वयक छ । दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन,’ उनले आफनो शुभकामना सन्देशमा भनेका छन्, ‘शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गरौं । अशान्ति, हत्या र हिंसाको विरोध गरौँ ।’ 

    शान्ति कायम होस् र भइरहेको अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना देउवाले गरेका छन् ।

    उनले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्तसमेत गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij