२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तिलोत्तमा क्रिकेट विकास समितिको अध्यक्षमा भुर्तेल

शनिवार , पौष २५, २०७७

तिलोत्तमा, २५ पुस । 
रुपन्देहीको तिलोत्तमा क्रिकेट विकास समितिको अध्यक्षमा दीपक शर्मा भुर्तेल निर्वाचित भएका छन् । समितिको ५ औं साधारणसभा तथा तेस्रो अधिवेशनबाट भुर्तेल सर्बसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । शनिवार सम्पन्नभएको अधिवेशनबाट भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह–सचिवमा मिलन भण्डारी र सह–कोषाध्यक्षमा रोशन शर्मा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराज अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक बाबुराम गैरेले बताए ।

अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र सह–कोषाध्यक्ष पदहरु सर्वसम्मत भए पनि अन्य पदहरुमा भने मतदान भएको थियो । 
तिलोत्तमा क्रिकेट विकास समितिका कार्यवाहक अध्यक्ष लोकनेश ढेंगाको अध्यक्षता, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रममल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र के.सीले गरेका थिए । साधारणसभाबाट अध्यक्षको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएका छन् । 

यसैबीच, समितिको साधारणसभाको अवसरमा कान्तिपुर दैनिक रुपन्देही संवाददाता सन्जु पौडेल खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई शनिवार तिलोत्तमा क्रिकेट विकास समितिले सम्मान गरेको हो । 

137391187_4017256364975381_5613501695290434725_o.jpgआफ्नो पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट क्रिकेट खेलको विकासका लागि पत्रकारिता तथा सञ्चारको माध्यमबाट योगदान पुर्याएको भन्दै पौडेललाई नगद राशिसहित दोसल्ला ओढाएर नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले सम्मान गरेका हुन् । पौडेलले विगत ११ वर्षदेखि सक्रिय पत्रकारिता गरिरहेकी छन् । पौडेल नेपाल पत्रकार महासंघ, रुपन्देहीकी कार्यसमिति सदस्य समेत हुन् । साथै समितिले सो अवसरमा यस अघि काकार्यसमिति तथा सल्लाहकारहरुलाई समेत सम्मान गरेको नवनिर्वाचित अध्यक्ष भुर्तेलले जानकारी दिए ।