२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरी नै अद्वितीय छ : प्रधानमन्त्री

शुक्रवार , बैशाख २२, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • लुम्बिनी, २२ वैशाख । 
    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गौतम बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहेको बताएका छन् । २५६७ औं बुद्धजयन्तीको अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २५६७ वर्षअघि नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरी नै अद्वितीय रहेको बताएका हुन् । 

    बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुवै रहेका बताएका प्रधानमन्त्री प्रचण्डले  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुवै गरेका बताए । 

    दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा बुद्धको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेको बताउँदै उनले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व भएका धारणा राखे ।