images
images

आइतवार, जेठ ६ गते २०८१

अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै : प्रधानमन्त्री

अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै : प्रधानमन्त्री

images
images
images
शुक्रवार, बैशाख २२ २०८०
शुक्रवार, बैशाख २२ २०८०
  • अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै : प्रधानमन्त्री

    भैरहवा, २२ वैशाख । 
    प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले पछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताएका छन् । २५६७ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० विशेष समारोहलाई शुुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गरेको बताए ।

    images
    images
    images

    ‘दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद । मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ,’ उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना भएको स्थल रहेको बताए । संसारभरीका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्र स्थलका रूपमा रहेको लुम्बिनीको सम्भाव्यता अथाह रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रचुर सम्भावना हुँदाहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताए । 

    कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवर्द्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउने गरि काम गर्ने बताए । बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै दिगो विकासका लागि सरकारले गुरुयोजना बनाएर विकास गरिने बताउँदै लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको बताए ।

    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले बुुद्धको जीवनबाट त्यागको सन्देश ग्रहण गर्नुपर्ने बताए । उनले समाजमा रहेको विभेद अन्त्यका लागि बुद्धले परिवर्तनको मार्ग अगालेको उनले बताए । उनले लुम्बिनीलाई धार्मिक र साँस्कृतिक रुपमा मुलुकको कुटनीतिका रुपमा विकास गर्न सकिने बताए ।

    मन्त्री किराँतीले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी स्थापना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडानका लागि पहल भइरहेको बताए । उनले जेठ १६ गतेदखि नेपाल एयरलायन्सको विमानस्थलले उडान गर्नेसमेत जानकारी दिए । 

    लुम्बिनी प्रदेशका मुुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बुद्ध सर्किटको सम्भावना भएर पनि पूूरा हुन नसक्दा बुद्धको सन्देश प्रवाह गर्न समस्या भएको बताए । उनले रुपन्देही, नवलपरासी र कपिलबस्तुलाई शान्ति क्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गरे । साथै उनले लुम्बिनी विकास कोषलाई प्रदेश संरचनामा ल्याउनुपर्ने बताए । 

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बुद्ध जन्मस्थल लुम्बिनी विश्वका चार अर्ब बढी बौद्धमार्गीहरुको आस्थाको धरोहर रहेकाले यसलाई समय अनुकुल विकास गर्दै लगिने बताए । 

    विशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुुत छेन् सोङ्ग, यूएनडिपिका नेपाल प्रतिनिधि आसियानी लावे, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोल्दै लुम्बिनीलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने बताए । बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । धम्मावती गुरुमा,  बरिष्ठ पुरातात्वविद् बसन्त विडारी, बौद्धविद्धान डुण्डबहादुर बज्राचार्य, होटल व्यवसायी गोविन्द ज्ञवालीलाई सम्मान गरिएको छ । यस्तै सोही अवसरमा कर्मचारीहरुलाईसमेत सम्मान गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij