२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

बुद्ध जयन्तीको अवसरमा निःशुल्क लस्सी वितरण तथा मधुमेह परीक्षण

शुक्रवार , बैशाख २२, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २२ वैशाख ।
    २५६७ औं बुद्ध जयन्ती (बुद्ध पूर्णिमा) को अवसर पारेर श्री संजय साई सेवा समूह भैरहवा, रुपन्देहीले शुक्रबार भैरहवामा निःशुल्क लस्सी वितरण तथा निःशुल्क मधुमेह परीक्षण गरेको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको बुद्धचोकमा लस्सी वितरण तथा मधुमेह परीक्षण कार्यक्रम गरिएको समूहका अध्यक्ष राजेन्द्र थापाले बताए ।

    IMG_6499.JPG

    ‘माधव सेवा नै मानव सेवा हो’ भन्ने नाराका साथ भएको कार्यक्रममा ३ हजार ५ सय जना बढीलाई लस्सी वितरण गरिएको थापाले जानकारी दिए । उनले भने, ‘बुद्ध पूर्णिमाको पवित्र दिनमा निःशुल्क लस्सी वितरण तथा मधुमेह परीक्षण गरिएको छ । ’

    त्यस्तै यदु विजय फार्मा भैरहवाको प्राविधिक सहयोगमा १४० जनाको मधुमेह परीक्षण गरिएको शैलेस उपाध्यायले जानकारी दिए ।

    संजय साई सेवा समूह भैरहवा, रुपन्देहीले जाडोयाममा यस क्षेत्रका विभिन्न स्थानमा कम्बलसमेत वितरण गरेको थियो ।