२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने

शुक्रवार , बैशाख २२, २०८०

  • 991
    Shares
  • 991
    Shares
  • काठमाडौं, २२ वैशाख ।
    नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल गरेको हो ।

    बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतले वैशाख २८–२९ गतेतिर बैठक बोलाउने सम्भावना रहेको बताए । उनकाअनुसार मिति भने तय हुन बाँकी छ । भातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनले बताए ।