images
images

आइतवार, जेठ ६ गते २०८१

गर्मीमा ओखर खानुको ७ फाइदाबारे जान्नुहोस् !

गर्मीमा ओखर खानुको ७ फाइदाबारे जान्नुहोस् !

images
images
images
शनिवार, बैशाख २३ २०८०
शनिवार, बैशाख २३ २०८०
  • गर्मीमा ओखर खानुको ७ फाइदाबारे जान्नुहोस् !

    मस्तिष्क जस्तो आकारको ओखरले मानसिक कार्यसम्पादन सुधार गर्न मद्यत गर्दछ । ओखर हाम्रो दैनिक आहारमा अविश्वसनीय रूपमा पौष्टिक आहारा हो किनभने ओखरमा फाइबर, भिटामिन, कार्बोहाइड्रेट, प्रोटीन र फलामजस्ता प्रशस्त तत्व र गुणहरु रहेका हुन्छन् । सही तरिकाले खाँदा ओखरका धेरै स्वास्थ्य लाभहरू रहेका छन् ।

    images
    images
    images

    ओखर खाने सबैभन्दा राम्रो उपाय भनेको रातभर भिजाएर बिहान खानु हो । यसका लागि एक कप पानीमा २–४ ओखरको टुक्रा रातभर भिजाउनु होस् । अर्को बिहान तिनीहरूलाई खानुहोस् । भिजेको ओखरले शरीरमा हानिकारक कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ । साथै, नियमित ओखर सेवनले पाचन प्रणालीमा पनि सहयोग गर्दछ । 
    जब ओखर भिजाइन्छ, तपाईंको शरीरले पोषक तत्वहरू अझ सजिलै अवशोषित गर्न सक्छ । आउनुहोस, जानौं ओखरका फाइदाहरु :

    निद्रामा सुधार

    ओखरले मुख्यतय निद्रा सुधार गर्दछ । यसमा मेलाटोनिन नामक तत्व पाईन्छ, जसले निन्द्रा बढाउन फाइदाजनक मानिन्छ । यदि तपाईंले बिहान र सुत्नु अघि भिजेको ओखरको सेवन गर्नुभयो भने यसले तपाईंलाई राम्रोसँग निदाउन मद्दत गर्छ ।

    तौल कम गर्न 

    अर्को पटक भोक लाग्दा अब जंक फूड नखानुहोस्। यसको सट्टा ओखर खानुहोस् । अखरोट खाएपछि, तपाईं पेट भरिएको महसुस गर्नुहुन्छ, जसले तपाईको शरीरको तौल घटाउन प्रोत्साहन दिन्छ । यसले भोक कम गर्छ ।

    रोग प्रतिरोधात्मक क्षमता बढाउँछ  

    ओखरमा एन्टिअक्सिडेन्ट र पोषक तत्वहरू हुन्छन्, जसले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । यसका साथै रोग प्रतिरोधी क्षमता बढाउन दूधको सेवन पनि गर्न सकिन्छ ।

    प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट

    ओखरमा उच्च एन्टिअक्सिडेन्ट हुन्छ, जसले हाम्रो छालालाई पराबैंगनी किरणहरूबाट जोगाउन सक्छ, जुन हामी प्रायः गर्मीमा सम्पर्कमा रहन्छौं ।

    सूजन कम हुन्छ

    धेरै पुरानो रोगहरू सूजनबाट सुरु हुन्छ, जुन अक्सिडेटिभ तनावको कारण हुन सक्छ । ओखरमा पाइने पोलिफेनोलले सूजन र अक्सिडेटिभ क्षतिविरुद्ध लड्न मद्दत गर्न सक्छ । यसले गर्मीको सूजन कम गर्न मद्दत गर्न सक्छ ।

    कोलेस्ट्रोल घटाउँछ

    हृदय रोगको जोखिम लामो समयदेखि कोलेस्ट्रोल र ट्राइग्लिसराइड स्तरहरूसँग सम्बन्धित रहेको हुन्छ । ओखर नियमित खानुहोस्, कोलेस्ट्रोलको मात्रा कम हुन्छ । यद्यपि खराब कोलेस्ट्रोल वर्षको कुनै पनि समयमा बढ्न सक्छ, नियमित रूपमा अखरोट खाँदा यसले सो रोगसँग लड्न मद्दत गर्न सक्छ ।

    ऊर्जाका लागि 

    ओखर फ्याट, फाइबर र प्रोटिनले भरिपूर्ण हुन्छ, जसले तपाईंलाई गर्मी महिनाहरूमा दिनभर ऊर्जा दिन्छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij