२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रोटरी बैठकमा क्लासिफिकेशन

शनिवार , पौष २५, २०७७

बुटवल, २५ पुस ।
रोटरी क्लब अफ बुटवलको १३४६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकमा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालको क्लासिफिकेशन रहेको थियो ।

त्यस अवसरमा उनले रोटरीले अनुशासन र सामाजिक उत्तरदायित्व सिकाएको र त्यसबाट आफु प्रभावित भएर रोटरीमा प्रवेश गरेको बताए । मानिसमा चेतनाको विकास गर्न रोटरी जस्ता सामाजिक संस्थाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै उनले हरेक नागरिकले सेवालाई अवसरको रुपमा लिएर त्यसको सही उपयोग गर्नुपर्ने बताए । उनले आफू मानवअधिकारको क्षेत्रमा रहँदा दीगो भई मुख्य प्राथमिकता ठानेको र आफ्नो स्वार्थमा कहिल्यै नलागेर सामाजिक काममा केन्द्रित भएको बताए । 

रोटरी क्लब अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा क्लव मेन्टर कृष्ण प्रसाद अर्याल र सचिव रोम शर्माले विभिन्न जिज्ञासा राखेका थिए । बैठकमा कोषाध्यक्ष खिमनारायण पराजुली, गोपाल प्रसाद बस्याल, कृष्ण पराजुली लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।