२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

गुरुङसहित खेल क्षेत्रमा योगदान पु-याएकाहरु सम्मानित

शनिवार , पौष २५, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल, २५ पुस । 
    बुटवलमा खेलकुद क्षेत्रमा योगदान पु¥याएका खेलाडी र प्रशिक्षकहरुलाई बुटवल नगर खेलकुद विकास समितिले सम्मान गरेको छ । समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल र सहभागी भएका खेलाडीसहित अन्यलाई सम्मान गरेको हो । जसमा बुटवलमा लन टेनिस खेल भित्राएर विशेष योगदान पु¥याएको भन्दै रुपन्देही लन टेनिस संघका संस्थापक अध्यक्ष अशोक गुरुङलाई पनि सम्मान गरेको छ । 

    बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्य र नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले सम्मानपत्र प्रदान गरेका थिए । गुरुङले एक दशक अघि बुटवलमा आफ्नै घरको आंगनमा निजी खर्चमा लन टेनिस कोर्ट बनाएर यो खेललाई सथापित गरेका थिए । पछि देवीनगरमा लन टेनिस कोर्ट बनाएर यो खेललाई संस्थागत बनाएका थिए । उनकै नेतृत्वमा देवीनगरमा करिब एक करोड लगानीमा सुविधासम्पन्न लन टेनिस कोर्ट बनेको हो । 

    समितिले विभिन्न खेलका प्रशिक्षकहरु यम गुरुङ, थमन गुरुङ, मदन थापा, मोहन घले, महेन्द्र सुनार, राजकुमार पाण्डे, सरोज सिंह, अर्जुन घिमिरे, कृष्णप्रसाद दवेकोटा, विजय गुरुङ, उमेश थापा, राजेन्द्र श्रेष्ठ, केशव शाक्य, चन्द्रकान्त आचार्य, दिनेश आचार्य पनि सम्मानित भएका छन् ।