
शनिवार , पौष २५, २०७७
भैरहवा, २५ पुस ।
लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीको तेस्रो विस्तारित बैठक शनिबार भैरहवामा सम्पन्न भएको छ । क्लबका अध्यक्ष शिवनाथ गुप्ताको अध्यक्षतामा सम्पन्न बैठकले यसअघि सम्पन्न भएका कार्यक्रमको खर्च अनुमोदन गर्नुको साथै विभिन्न महत्वपूर्ण निर्णयहरु पनि गरेको छ ।
क्लबका सचिव भिमबहादुर थापाका अनुसार क्लबले सिद्धार्थनगर नगरपालिका–२ मेउहिहवा आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गर्ने, वृहत्त आँखा शिविर सञ्चालन गर्ने, पारिवारिक वनभोज कार्यक्रम र रक्तदान कार्यक्रम गर्ने जस्ता निर्णयहरु गरेको छ ।
अक्षय कोषको लागि सचिव भिम बहादुर थापा संयोजक, आँखा शिविरको लागि द्वितीय उपाध्यक्ष नरेश के.सी, वनभोजको कार्यक्रमको लागि सह–कोषाध्यक्ष कपिल चापागाई र रक्तदान कार्यक्रमको लागि टेमर धिरज अग्रहरीलाई संयोजक चयन गरेको प्रथम उपाध्यक्ष गोबिन्द प्रसाद गिरीले बताए ।
लायन्स मल्टीपल डिष्ट्रिकमा समेत संस्थापक सदस्य सबैभन्दा धेरै रहेको लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले स्थापनाको छोटो समयमा डेढ दर्जन भन्दा बढी सामाजिक कार्यक्रम सम्पन्न गरिसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij