
आइतवार , पौष २६, २०७७
भैरहवा, २६ पुस ।
मानव बेचविखन तथा ओसारपसारविरुद्ध कानूनी विषयक अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । माइती नेपाल आवधिक गृह भैरहवाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले महिलाहरु हरेक ठाउँमा सचेत हुनुपर्ने बताइन् । उनले कसैको प्रलोभनमा परी बहकाउमा नआउन सबैमा आग्रह गर्नु गरिन । न्यायिक समिति संयोजक समेत रहेकी काफ्लेले कानुनी कुरा बुझ्न सबैमा अपिल गर्दै बेचविखनबाट जोगिन सहभागीलाई सचेत गराइन् ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो । सिद्धार्थनगर वडा नम्बर ३ मा भएको कार्यक्रमको सहजीकरण माइती नेपाल भैरहवाका प्रमुख तथा कार्यक्रम संयोजक माया क्षेत्रीले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij