images

शुक्रवार, चैत्र १६ गते २०८०

कौशीखेती सचेतना तथा सहकारी शिक्षा कार्यक्रम

कौशीखेती सचेतना तथा सहकारी शिक्षा कार्यक्रम

images
images
images
सोमवार, बैशाख २५ २०८०
सोमवार, बैशाख २५ २०८०
  • कौशीखेती सचेतना तथा सहकारी शिक्षा कार्यक्रम

    बुटवल, २५ वैशाख । 
    उद्यमी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा एकदिने कौशीखेती सचेतना तथा सहकारी शिक्षा कार्यक्रम (तालिम) सोमबार बुटवलमा सम्पन्न भएको छ । 

    images
    images
    images

    सहकारीले आफ्ना शेयर सदस्यहरुलाई लक्षित गर्दै उक्त तालिम प्रदान गरेको हो । तालिममा ४५ जना सदस्यहरुको सहभागीता रहेको सहकारीले जनाएको छ । 

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सहकारीका सल्लाहकार सुन्दर कुमार गहतराजले यो तालिमले सांझ बिहानको समयलाई सदस्यले सदुपयोग गर्दै अर्गानिक तरकारी उत्पादन गर्न र तरकारीमा हुने फजुल खर्चलाई कटौती गर्न सहयोग पुग्ने बताए । 

    त्यस्तै सहकारीका अध्यक्ष दल बहादुर लोहागुनले सहकारीका सदस्यहरुले तालीममा प्राप्त गरेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्ने बताए । उक्त तालिममा कृषि विज्ञ राम बहादुर राना र बुटवल उपमहानगरपालिकाका कृषि शाखाका प्रमुख सन्तोष जिसीले प्रशिक्षण दिएका थिए । 

    त्यसै गरी कौशीखेती तथा सहकारी शिक्षासम्बन्धी तालिमको सहजीकरण सहकारीका सचिव विजय विक्रम सोमरेले समेत गरेका थिए । उक्त तालिमको आर्थिक तथा प्राविधिक सहयोग बुटवल उपमहानगरपालिकाले गरेको थियो ।  

    विं.सं. २०७५ साल माघ २९ गते विधिवत दर्तागरी आफ्नो कार्य शुभारम्भ गरेको उद्यमी कृषि सहकारीले छोटो समयमै आएर आफ्ना सदस्यहरुको हितलाई ध्यानमा राखेर विभिन्न किसिमका तालिम तथा कार्यक्रमहरु गर्दै आएको छ । सहकारी पाँचौ वर्षमा आइपुग्दा संस्थामा करिब ५ सय ६३ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । सहकारीका अध्यक्ष दल बहादुर लोहागुनको अध्यक्षता, कोषाध्यक्ष अर्जुन प्रसाद रसालीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन व्यवस्थापक लेखीमाया सारुले गरेकी थिइन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij