२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

विश्व रेडक्रस दिवसमा सि.बि. पब्लिकमा विभिन्न कार्यक्रम

मंगलवार , बैशाख २६, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २६ वैशाख ।
    १६० औं विश्व रेडक्रस दिवसको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा अवस्थित सि.बि. पब्लिक हाई स्कूलले विभिन्न कार्यक्रम गरेको छ । ‘म सेवा गर्छु’ भन्ने नाराका साथ विद्यालयले निःशुल्क खानेपानी वितरण, सरसफाई र रेडक्रसबारे प्रवचन गरी सोमबार रेडक्रस दिवस मनाइएको विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिकले बताए ।

    कक्षा ८ मा अध्ययनरत सि.बि. पब्लिक जुनियर रेडक्रस सर्कलकी अध्यक्ष बन्दन गौतम र कक्षा ९ मा अध्यक्ष सि.बि. पब्लिक युवा रेडक्रस सर्कलका अध्यक्ष मनिष कुवरको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा निःशुल्क खानेपानी वितरण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यस्तै विद्यालय प्रार्थना सभामा प्रमुख वक्ता नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति बसन्त कुमार लाल कर्णले प्रवचन दिएका थिए ।

    विद्यालयकी भाइस प्रिन्सिपल उजली कुमारी सोनीको स्वागत तथा शिक्षक नायकको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक ज्योती अग्रहरीले प्राविधिक सहयोग गरेकी थिइन् ।

    सि.बि.पब्लिक जुनियर रेड्क्रस सर्कल, युवा रेडक्रस सर्कल तथा सि.बि.पब्लिक हाई स्कूलको आयोजनामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, पदयात्रीलगायतको सहभागीता रहेको थियो ।

    344244719_899428161118582_393655273355197055_n.jpg
    345782324_600829668667759_6711663868052224435_n.jpg