
आइतवार , पौष २६, २०७७
भैरहवा, २६ पुस ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–१ खुन्सामा प्रथम माघी महोत्सव (खिचडी)–२०७७ सम्पन्न भएको छ । थारु डिउहार संरक्षण समितिको आयोजनामा भएको महोत्सवको पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दिपक बोहराले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै नेता बोहराले सबै जातजातिको पर्वको संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा राप्रपा रुपन्देही अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, ओमसतिया गाउँपालिका–१ का वडाअध्यक्ष बेल बहादुर बराल, तिलक कोइराला लगायतको उपस्थिति रहेको थियो ।
थारु डिउहार मन्दिर भनेको गाउँको मुखिया देवता हुन्, जसले गाउँको रेखदेख र हेरविचार गर्नुहुन्छ, जसले गाउँको रेखदेख र हेरविचार गर्नुहुन्छ । थारु डिउहार संरक्षण समितिका अध्यक्ष हिरामान थारुका अनुसार यस डिउहारभित्र सप्तदेवी, एक भाइ, ब्रम्हदेवता, जाखीन, चमरिया, महावीर, हनुमान स्वामी आदि पर्नुहुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij