
बिहिवार , बैशाख २८, २०८०
भैरहवा, २८ वैशाख ।
मारवाडी सेवा संघ भैरहवा, रुपन्देहीले भैरहवा क्षेत्रका विभिन्न १३ स्थानमा ‘निःशुल्क शुद्ध पिउने पानी सेवा’ सञ्चालन गरेको छ । वैशाख १ गतेदेखि यो सेवा सुरु गरिएको मारवाडी युवा मंचका अध्यक्ष तथा कार्यक्रम सह–संयोजक विनित कुमार बेरिवालले बताए ।
विगतका वर्षहरुझैं यस वर्ष पनि गर्मीयामलाई मध्यनजर गर्दै निःशुल्क पिउने पानी वितरणलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक सुनिल जैनले बताए । ‘मारवाडी युवा मंच र मारवाडी महिला मंच, भैरहवाको सहयोगमा सञ्चालित यो सेवा गर्मीयामभरी नै सञ्चालन गरिनेछ, ’उनले भने ।
प्रतिदिन २५–३० जार (५ सय लिटर) पानी खपत भइरहेको संघले जनाएको छ । मारवाडी सेवा संघले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij