२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी ठप्प

बिहिवार , बैशाख २८, २०८०

  • 952
    Shares
  • 952
    Shares
  • चितवन, २८ वैशाख । एक छात्राले आत्महत्या गरेपछि चितवन मेडिकल कलेजको डेन्टल ओपीडी सेवा ठप्प पारिएको छ । 

    बीडीएस चौथो वर्षको परीक्षा दिँदै गरेकी सिम्रन थापाले बुधबार आफ्नै कोठामा अत्महत्या गरेपछि विरोधमा विद्यार्थीले बिहीबार  अस्पतालको डेन्टल ओपीडी सेवा ठप्प पारेका हुन् ।

    शिक्षकले परीक्षा दिइरहेकी थापालाई जबरजस्ती परीक्षा हलबाट निकालेका कारण उनले आत्महत्या गरेको भन्दै आन्दोलनरत विद्यार्थीले दोषी शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । 

    पीडितले न्याय र पीडकलाई सजाय नभएसम्म मेडिकल कलेजको सम्पूर्ण ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गर्ने विद्यार्थी संघर्ष समितिले जनाएको छ ।