images

बिहिवार, चैत्र १५ गते २०८०

तिलोत्तमाका कृषकलाई अनुदानमा कृषि औजार वितरण

तिलोत्तमाका कृषकलाई अनुदानमा कृषि औजार वितरण

images
images
images
शुक्रवार, बैशाख २९ २०८०
शुक्रवार, बैशाख २९ २०८०
  • तिलोत्तमाका कृषकलाई अनुदानमा कृषि औजार वितरण

    भैरहवा, २९ वैशाख ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषि औजार (पशुपन्छी)  वितरण गरिएको छ । नगरपालिकाभित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन ( गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामग्रीहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । साना कृषकलाई कृषि तथा पशुपन्छीपालनमा उत्साहित बनाउन अनुदानमा प्रयोग हुने औजार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

    images
    images
    images

    नगरपालिकाभित्रका २९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा करिब १० लाख बराबरको साना कृषि औजार (पशुपन्छी) ईलेक्ट्रिक च्यापकटर ( घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामग्रीहरु वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले बताए ।  

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकहरुको समय र मिहिनेतको बचत गर्न तथा पशुपालक कृषकहरुलाई सो काम मा अग्रसर बनाउन यस्तो कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले पछिल्लो समय युवाहरुको कृषिमा सहभागीता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्नेसमेत बताइन् । 

    कार्यक्रममा कृषि शाखा प्रमुख दोमलाल भुसाल, राम प्रसाद खनाल, पशु शाखाका डा. उर्जा देवकोटा, प्रापिधिकहरु महेश गौतम, गोविन्द खनाल, त्रिविक्रम न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij