२०८२, भाद्र १६ गते

Sep 01 2025 | २०८२, भाद्र १६ गते

शहिद स्मारक लिग : आज तीन खेल हुँदै

शनिवार , बैशाख ३०, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, ३० वैशाख ।

    शहिद स्मारक लिगमा आज तीन खेल हुँदैछन् । त्रिपुरेस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

    च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बिच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

    यसैगरी त्रिपुरेस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्ष्र्धा हुनेछ । सो खेल पनि ३ बजेवाट सुरु हुनेछ । 

    उता, साँझ ६ बजेबाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोबाटो युवा क्लब एकआपसमा आमुनेसामुने हुनेछन् ।