२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मनकामना बहुउद्देश्यीय युवा क्लबको साधारणसभा तथा अधिवेशन सम्पन्न

आइतवार , पौष २६, २०७७

बुटवल, २६ पुुस । 
मनकामना बहुउद्देश्यीय युवा क्लबको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । क्लबका उपाध्यक्ष सुर्य बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनले चेतन ठाडा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको थियो ।
जसको उपाध्यक्षमा अनिल थापा, सचिवमा विवेक थापा, सह–सचिवमा पूजा शाही, कोषाध्यक्षमा आनन्द थामी, सदस्यहरुमा सुमन खनाल, देविन भुजेल, आशिष परियार र मुना शाही निर्वाचित भएका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित चेतन ठाडा मगरले आफ्नो कार्यकाल अवधीमा क्लबलाई थप उचाइमा पुर्याउनुका साथै क्लबको आफ्नै भवन निर्माण गर्ने र थप रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै पुर्व उपाध्यक्ष तथा कार्यक्रमका सभापति सुर्य बहादुर गुरुङले नयाँ कार्यसमितीलाई अविर र खादा ओडाई सम्मान तथा बधाई दिदै आगामी समयमा क्लबले थप प्रगती गर्नेमा विश्वस्त हुँदै शुभकामना समेत व्यक्त गरे । 

बुटवल उप–महानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश प्रसाद नेपालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, विशिष्ट अतिथी बुटवल सामुदायिक बन उपभोक्ता समिति बुटवल १ र २ का उपाध्यक्ष हिक बहादुर दर्लामी, अतिथीहरुमा बुटवल उप–महानगरपालिका वडा नम्बर २ का वडा सदस्य सुनिल शाक्य, बहुजातिय क्रियापुत्री ट्रस भवनका अध्यक्ष शेर बहादुर थामी, नमस्ते किड्स नेपालका प्रबन्धक सरु थापा, महाविर स्कुलका अध्यक्ष बाबुराम पौड्याल, समाजसेवी महेश पोख्रेल लगायतको उपस्थिति रहेको थियो । 

प्रमुख अतिथि लगायत उपस्थित अतिथिहरुले नयाँ कार्यसमितिलाई बधाई तथा शभकामना दिएका थिए । सुमन खनालको स्वागत मन्तव्य तथा क्लबका सचिव विवेक थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।