२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

रायमाझीलाई तीन थुनामा राखेर अनुसन्धान गर्न अनुमति 

सोमवार , जेठ १, २०८०

  • 832
    Shares
  • 832
    Shares
  • काठमाडौं, १ जेठ । 
    काठमाडौं जिल्ला अदालतले टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो । 

    उनी आइतबार राति बुढानिलकण्ठस्थित आफन्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतवार पक्राउ परेका उनलाई आज सोमबार जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनी सोरहखुट्टेस्थित प्रहरी हिरासतमा रहेका छन् ।