मंगलवार , जेठ २, २०८०
काठमाडौं, २ जेठ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफू मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजृुरी दिन अपिल गरेका छन् ।
काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् ।
‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ, हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले भनेका छन, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रष्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनुहोला ।
उनले अगाडी मोबाइल नम्बर उपलब्ध गराउँदै भनेका छन, ‘हामीलाई 9863592011 मा whatsapp मा प्रमाणसहित सम्पर्क गर्न सक्नुहुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउनेको नाम गोप्य राखिनेछ ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij