२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

जसपा नेतृ कुशुम गुप्ता जनमतमा प्रवेश

बिहिवार , जेठ ४, २०८०

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ४ जेठ ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) की नेतृ कुशुम कुमारी गुप्ता जनमत पार्टीमा प्रवेश गरेकी छन् ।रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ धमौलीस्थित दुर्गा मन्दिरमा बुधबार आयोजित कार्यक्रममा गुप्ता, धर्मेन्द्र विश्वकर्मा, रामुदित लोध, बृजेश यादव, सेहराती लोध, सुखराम लोध, महगे लोध, बुधई लोधलगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौ नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

    जनमत पार्टीका नेता राम अवध गुप्ता तथा रुपचन यादवको विशेष पहलमा उनीहरु पार्टीमा प्रवेश गरेका हुन् ।

    मनोज यादवको अध्यक्षता, जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य रामकेश गुप्ता, रुपन्देही जिल्ला इञ्चार्ज राम अवध गुप्ता, मायादेवी गाउँपालिका इञ्चार्ज हरिकेश हरिजन, युवा नेता रुपचन यादव, रामकरन भुज, रामप्रसाद लोध, विरेन्द्र लोध, शशिकला पाण्डे, बन्दना बनियालगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।