
सोमवार , पौष २७, २०७७
भैरहवा, २७ पुस ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा आइतबार स्थानीय आपतकालिन सूचना केन्द्र स्थापना भएको छ । नमूना एकीकृत विकास परिषद (नमुना) रुपन्देही र सम्मरीमाई गाउँपालिकाको संयुक्त आयोजनामा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय तथा नमुना र युनिसेफ फिल्ड अफिस भैरहवाको साझेदारीमा नम्बर ७ मा उक्त सूचना केन्द्र स्थापना गरिएको हो ।
स्थापना केन्द्रको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे र सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले उद्घाटन गरे ।
कार्यक्रममा खोज उद्दार तथा प्राथमिक उपचार सामाग्री हस्तान्तरण समेत गरिएको नमुनाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।
नमुनाले सम्मरीमाई गाउँपालिकामा परियोजना अन्तर्गत प्रारम्भिक द्रुत लेखाजोखा सामाजिक संकटसन्नता क्षमता विश्लेषण, कृत्रिम घटनाअभ्यास कार्यक्रम, खोज तथा उद्दार र प्राथमिक उपचार तालिम, सामाजिक श्रोत नक्साको तयार, आश्रय स्थलमा खानेपानी र शौचालयको निर्माण, विपद ब्यवस्थापन कोषमा रु. २ लाख सहयोग, बाढीमा राहत सामग्री सहयोग, संरक्षण क्षेत्रमा सहयोग र विपद् सम्बन्धि विभिन्न दस्तावेज र योजनाहरु प्राविधिक र आर्थिक रूपमा सहयोग तथा सम्मरीमाईमा सबै कलस्टरहरुको र स्थानीय विपद् व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गरेको पौड्यालले जानकारी दिइन् ।
उक्त कार्यक्रमको औचित्य बारेमा र अध्यक्ष जितेन्द्र नाथ शुक्ल र प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले संयुक्त रुपमा नमुनाको प्राविधिक सहयोगमा बनेको सम्मरीमाईको कोभिड–१९ तथा बाढी पूर्व तयारी प्रतिकार्य योजना, विपद् पूर्व तयारी प्रतिकार्य योजना, विपद् व्यवस्थापन प्रतिकार्य समन्वयन ढांचा र कोष परिचालन निर्देशिकाको बिमोचन पनि गरेको थिए ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)को अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेल, सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकरनाथ शुक्ला, सम्मरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना, सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगरनाथ कुर्मी, सम्मरीमाई वडा नम्बर ७ का वडाअध्यक्ष नारायण यादव, नमुनाकी कार्यसमिति सदस्य सीता भट्टराई, गाउँपालिकाका डिआरआर श्रोत व्यक्ति तथा प्रशासन अधिकृत कमल अर्याल लगायतको उपस्थिति रहेको थियो ।
नमुनाकी कार्यक्रम संयोजक अधिकृत अमृता अधिकारीको सञ्चालन, कार्यक्रम अधिकृत राजेश जिसीको संयोजन तथा सामाजिक परिचालक रामकेवल यादवको सहजीकरणमा सम्पन्न भएको थियो ।
उक्त सामाग्रीहरु नमूना र युनिसेफको साझेदारीमा रु. ४ लाख ५० हजार राबरको सहयोग रहेकोे थियोे भने उक्त रकमको ३० प्रतिशत बराबरको गाउँपालिकाबाट थप सामाग्री खरीद हुने अध्यक्ष शुक्लाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij