२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भ्रष्टाचारविरुद्ध भैरहवामा रास्वपाको विरोध र्‍याली (फोटो फिचर)

मंगलवार , जेठ ९, २०८०

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, ९ जेठ ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारविरुद्ध भैरहवामा विरोध र्‍याली निकालेको छ । ‘भ्रष्टाचारविरुद्ध एक हौं । भ्रष्टाचार ढाकछोपविरुद्ध सचेत बनौं’ भन्ने नाराका साथ रास्वपा सिद्धार्थनगर समितिले मंगलबार र्‍याली निकालेको हो ।

    भैरहवाको बुद्धचोकबाट निस्केको र्‍याली मिलनचोक, देवकोटाचोक हुँदै पुनः बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको पार्टीका सिद्धार्थनगर नगर समिति संयोजक सुमन न्यौपानेले बताए । र्‍यालीमा सहभागीहरुले मान्छे बेच्न पाइँदैन, भ्रष्टाचारी चाहिदैनलगायतका नारा लगाएका थिए ।

    RSP bhw (7).jpg

    कोणसभामा बोल्दै रास्वपा लुम्बिनी प्रदेश अभियान तथा प्रचार प्रसार प्रमुख महेन्द्र प्रसाद उपाध्याय, प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर) गुप्ता, रुपन्देही जिल्ला संयोजक प्रकाश ज्ञवाली र लुम्बिनी प्रदेश इञ्चार्ज गणेश पौडेलले नेपालबाट भ्रष्टाचारलाई निमूल पार्नुपर्ने बताए । नेताहरुले भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही हुनुपर्ने माग गरे । रास्वपा सिद्धार्थनगर नगर समितिका संयोजक सुमन न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    RSP bhw (8).jpg
    RSP bhw (9).jpg
    RSP bhw (6).jpg
    RSP bhw (13).jpg
    RSP bhw (5).jpg
    RSP bhw (3).jpg
    RSP bhw (4).jpg
    RSP bhw (14).jpg

    तस्विरहरु : मोहम्मद अयुब/खबरपात्रो