२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

विश्व तेक्वान्दो च्याम्पीयनसीपमा सहभागी हुने खेलाडी आलेलाई विदाई

मंगलवार , जेठ ९, २०८०

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, ९ जेठ ।
    यही मे २९ देखि जुन ४ तारिख (जेठ १५ देखि २१) सम्म अजरवैजानको बाकु सहरमा हुने बाकु २०२३ वर्ल्ड तेक्वान्दो च्याम्पीयनसीप जी–१४ प्रतियोगितामा सहभागी हुने खेलाडीलाई भैरहवामा विदाई गरिएको छ । नेपाली टीमबाट छनौट भइ प्रतियोगितामा सहभागी हुने भैरहवा तेक्वान्दो क्लबका खेलाडी (हाल नेशनल पुलिस एकेडेमी) सिद्धार्थनगर नगरपालिका–३ का २३ वर्षिय गोविन्द बहादुर आलेलाई विदाई गरिएको हो ।

    आलेलाई सिद्धार्थनगर नगरपालिकामा मंगलबार एक कार्यक्रमकाबीच विदाई गरिएको भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एक नारायण अर्याल (विष्णु)ले बताए । 

    सिद्धार्थनगर नगरपालिका उपप्रमुख तथा भैरहवा तेक्वान्दो क्लबकी संस्थापक अध्यक्ष उमा अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, भैरहवा तेक्वान्दो क्लबका अध्यक्ष एक नारायण अर्याल, उपाध्यक्ष प्रितम पुन, सचिव प्रकाशमान राज भण्डारीलगायतले आलेलाई विदाई गर्दै उनको सफलताको शुभकामना व्यक्त गरे ।

    सोअवसरमा खेलाडी आलेलाई प्रोत्साहन स्वरुप रु. २५ हजार हस्तान्तरण गरिएको भैरहवा तेक्वान्दो क्लबले जनाएको छ ।

    IMG_7857.JPG