
सोमवार , पौष २७, २०७७
बुटवल, २७ पुस ।
लायन्स क्लब अफ बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल संसारको सयुक्त आयोजनामा विद्यालयमा सहयोग प्रदान गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका ३ सेमनगरस्थित श्री हाम्रो सगरमाथा प्राथमिक विद्यालयलाई बेन्च र डेक्स र स्टेशनरी सामाग्री हस्तारण गरिएको लायन्स स्टार्सका अध्यक्ष शुशिल पाण्डेले बताए ।
लायन्स इन्टरनेशनलका संस्थापक मेल्वीन जोन्स को १४२ औ जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अनुसार विद्यालयलाई सहयोग गरिएको क्लबले जनाएको छ । कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल डिष्ट्रिक स्ट्राटिजिक चिफ नवराज न्यौपानेले लायन्स स्टार्सले आफ्नो मुल नारा जहाँ दुःख्छ त्यहाँ पुग्छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सहयोग गरेको बताए । आफुले कमाएको केही प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने र स्टार्सले सहयोग गरेको उनले धारणा राखे ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका–३ का वडा अध्यक्ष टंक तिवारीले लायन्सले सहयोग गरेकोमा प्रशंसा गरे । आगामी दिनमा सहयोगको अपेक्षा राखेको र स्थानीय सरकारले गर्ने नसकेको काम क्लबले गरेकोमा धन्यवाद दिए । त्यस्तै कार्यक्रमा लायन्स संसारका अध्यक्ष प्रकाश भट्टराईले आफ्नो धारणा राखेका थिए ।
लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका रिजन ३० रिजन चेयपर्सन आशिष कृष्ण श्रेष्ठ, विद्यालय संचालक समितिका अध्यक्ष कृष्ण क्षेत्री, विद्यालयका प्रअ घनश्याम घिमिरे, स्टार्सका सचिव भुपेन्द्र अर्याल, लायन्स संसारका सचिव बोम बहादुर थापा लगायतले बोलेका थिए । क्लबले कक्षा ४ सञ्चालनको लागि बेन्च, डेक्स र कापी, कलम र बल गरी ६० हजारको सामग्री हस्तान्रण गरिएको कार्यक्रम संयोजक विश्वजित कसौधनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij