
सोमवार , पौष २७, २०७७
भैरहवा, २७ पुस ।
राईजिङ्ग क्लब नेपाल सिद्धार्थनगर, रुपन्देहीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका (त्रिवेणी सुस्ता) का ३६५ विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । जाडोयाम केही भए पनि राहत होस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत कपडा वितरण गरिएको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने क्लबका कोषाध्यक्ष आशिष पन्तले बताए ।
त्रिवेणी सुस्ता पुगेर विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक रिया श्रेष्ठले जानकारी दिइन् ।
सुस्ता बचाउ अभियानका संयोजक गोपाल प्रसाद गुरुङले विपन्न परिवारलाई राईजि¨ क्लबले सहयोग गर्नु सराहनीय रहेको बताए । अभियानका सह–संयोजक अहमद हुसेन, वडा नम्बर ५ का जनप्रतिनिधि रबिन्द्र जैसवालले सुस्तावासीको पीडाबारे सोचेर क्लबले रचनात्मक कार्य गरेको बताए । स्थापनाकालदेखि राईजिङ्ग क्लबले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको क्लबका सल्लाहकार तथा सिद्धार्थनगर वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij