२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मर्चवारीमा खुल्यो आँखा उपचार केन्द्र

शुक्रवार , जेठ १२, २०८०

भैरहवा, १२ जेठ । 
रुपन्देहीको मर्चवारमा आँखा उपचार केन्द्रको शाखा स्थापना गरिएको छ । आँखाको कुनै पनि समस्या भए भैरहवा आउनुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीयस्तरमा आँखासम्बन्धी सेवा प्रदान गर्न मर्चवारी गाउँपालिकामा–२ अमवामा आँखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको हो । 

नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र मर्चवारी गाँउपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको हो । 

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सभापति सागर प्रताप राणा र मर्चवारी गाँउपालिका अध्यक्ष गया प्रसाद बरईले संयुक्त रूपमा आँखा अस्पतालको उद्घाटन गरेका हुन ।