२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

लुम्बिनीमा ‘प्रदेशसभा पूर्व सदस्य मञ्च’ गठन

शनिवार , जेठ १३, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, १३ जेठ । 
    लुम्बिनी प्रदेश सभाका पूर्व सदस्यहरुले ‘प्रदेशसभा पूर्व सदस्य मञ्च’ गठन गरेका छन् । प्रदेशका पूर्व सदस्यहरुको भेलाले डा.कृष्ण प्रसाद न्यौपानेको नेतृत्वमा उक्त मञ्च गठन गरेको हो । जसको उपाध्यक्षमा रमा अर्याल, महासचिवमा गीता थापा, सचिवमा पुर्मती ढेंगा, सह–सचिवमा निर्मला मुडभरी भट्टराई, कोषाध्यक्षमा तारा जिसी, सदस्यहरुमा आरती पौडेल, सरस्वती गौतम, युवराज खनाल, भगवती देवी भण्डारी, शंकर गिरी, निर्मला क्षेत्री, रिना नेपाल वि.क, इन्द्र प्रसाद खरेल, दिपा वि.क. रहेका छन् । 

    भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले मञ्चले आफ्नो अनुभवका आधारमा वर्तमान सभालाई सहयोग गर्न आग्रह गरे । 

    त्यस्तै लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री लिला गिरीले पूर्व माननीयहरूको भुमिका प्रदेश सभाको लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

    उक्त भेलामा लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्ती, उपसभामुख मेनुका खाँण केसी, निवर्तमान मुख्यमन्त्री लिला गिरीलगायतको रोहबरमा समिति गठन गरिएको पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले जानकारी दिइन् ।