शुक्रवार, आश्विन ५ गते २०८०

भैरहवामा सोमबार मोटिभेसनल सेमिनार हुँदै 

भैरहवामा सोमबार मोटिभेसनल सेमिनार हुँदै 

images
images

खबर पात्रो

१४, जेठ २०८०
  • 3.5K
    SHARES
  • भैरहवामा सोमबार मोटिभेसनल सेमिनार हुँदै 

    भैरहवा, १४ जेठ ।
    जिनियस बिजलाइफको आयोजना तथा करेण्ट चाउचाउको मुख्य प्रायोजनमा सोमबार (भोलि) मोटिभेसनल सेमिनार (जिनियस टक्स विथ मिलियनल्स : आइडियाज वर्थ शेयरिङ) सिजन–२ कार्यक्रम हुने भएको छ । भैरहवास्थित एसियन बुद्ध होटलमा हुने एकदिने सेमिनारमा ६ सय जना बढीको सहभागीता रहने आयोजकले अपेक्षा गरेका छन् ।

    एसईई र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै कार्यक्रम गरिएको जिनियस बिजलाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण साह कानुले बताए । उनले परीक्षा दिइसकेका विद्यार्थीहरुलाई आगामी दिनको लक्ष्य निर्धारण कसरी गर्ने भन्नेबारेमा कार्यक्रम केन्द्रित हुने जानकारी दिए । यसअघि २०७५ सालमा यस्तो कार्यक्रम गरिसकिएको उनले बताए ।

    images
    images

    कार्यक्रममा प्रशिक्षकहरु विदुर फुयाल, राजकुमार गुप्ता र विजय पाण्डेले सहजीकरण गर्नेछन् । कार्यक्रम आयोजना गर्न अर्घाखाँची सिमेन्ट प्रा.लि., सिद्धार्थनगर नगरपालिका कार्यालय, रुपन्देही, ड्याडिज किचन बुटवल, हब इन्टरनेशनल एजुकेशनले सहयोग गरेका छन् ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता र मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको विशिष्ट आतिथ्यतामा कार्यक्रम हुने आयोजकले जनाएका छन् ।

    images
    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - ०९:२८:४७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij