२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

शान्ति सुरक्षा कायम गर्न प्रभु साहको माग

आइतवार , जेठ १४, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १४ जेठ । 
    प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । 

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले रौतहट सदमुकाम गौरमा गौर नगरपालिका–७ सिसवाका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको पाँच दिनमैै देवाही गोनाही नगरपालिका करुनियाका शेखतैयबको गोली प्रहारबाट हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । शान्ति सुरक्षाको माग गर्दै उनले दोषी पत्ता लगाई कानुनी कारवाही गर्न पनि माग गरेका छन् ।