२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

आइतवार , जेठ १४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, १४ जेठ ।
    राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिएका छन् ।

    यसमा रेशम चौधरीसमेत समावेश गरिएका छन् । आइतबारमात्रै मन्त्रिपरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । 

    मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुने गरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।