२०८३, श्रावण १० गते

Jul 26 2026 | २०८३, श्रावण १० गते

कोटहीमाई–१ मा करेण्ट लागेर गाईको मृत्यु

आइतवार , जेठ १४, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • प्रहलाद यादव

    लुम्बिनी, १४ जेठ ।
    रूपन्देहीको कोटहीमाइ गाउँपालिका–१ स्थित मर्चवार लिफ्ट सिंचाइको हाताभित्र करेण्ट लागेर एक गाईको मृत्यु भएको छ । चरनको खोजीमा सिंचाइको हाताभित्र पसेको छाडा गाईको करेण्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    लिफ्ट सिंचाइको हाताभित्र करिब ३० वर्षअघि गाडिएको पोल स्टेपनीमा अल्झेर चुडिएको तार गाईसँगै एघार हजार भोल्ट क्षमताको मुख्य तारमा सटेपछि करेण्ट लागेर गाईको मृत्यु भएको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र मर्चवार शाखा कार्यालयका रामचरन पालले बताए । 

    जिल्ला पशु कार्यालय भैरहवाका पशु चिकित्सकको टोलीले मृत गाईको पोष्टमार्टम गरेपछि नजिकै खोला किनारमा गाडिएको मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्थाका उपाध्यक्ष रामअवध मिश्रले बताए ।