सोमवार , जेठ १५, २०८०
अर्घाखाँची, १५ जेठ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनामा वि.पी. स्मृति भवन बन्ने भएको छ । पूर्व सांसद निर्मला क्षेत्रीको पहलमा उक्त भवन निर्माण हुने भएको हो ।
करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यास गर्दै पूर्व प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले वि.पी.को सपनालाई साकार पार्न प्रयास गर्न पाएकोमा खुसी भएको बताइन् । नेपाली कांग्रेसका संसदीय दलको पूर्व सचेतक समेत रहेकी क्षेत्रीले देश र जनताको लागि वि.पी.ले गरेको योगदान कसैले भुल्न नहुने बताए । लुम्बिनी प्रदेश सरकारबाट क्षेत्रीकै पहलमा १० लाख बजेट उक्त भवन निर्माणका लागि विनियोजन भएको थियो । कांग्रेस नेतृ निर्मला श्रेत्री र शितगंगा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले आइतबार संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, सचिव कृष्ण खनाल, वडा सभापति रामप्रसाद भुसाल, सचिव मुक्ति पौडेल, वडाअध्यक्ष चन्द्रमणी बेल्वासे, सदस्य मीना परियार, दामोदर न्यौपाने, पूर्व वडाध्यक्ष कमल प्रसाद पौडेल, मीना पौडेललगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको पत्रकार अम्बिका बेल्बासे श्रेष्ठले बताइन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij