
सोमवार , पौष २७, २०७७
भैरहवा, २७ पुस ।
जेसीआई सिद्धार्थ नेपाल (सिद्धार्थ जेसीज) को ४६ औं पदस्थापन समारोह आइतबार सम्पन्न भएको छ। जेसीआई सिद्धार्थको पुस ११ गते सम्पन्न ४५ औं साधारणसभा तथा शाखा अधिवेशनबाट वर्ष २०२१ को लागि निर्वाचित कार्यसमितिलाई पदस्थापन गराइएको थियो।
वर्ष २०२१ को अध्यक्षमा निर्वाचित अध्यक्ष गोपाल ज्ञवाली सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख तथा खबरपात्रो मिडिया प्रा.लि.का प्रबन्ध सञ्चालक हुन् ।
जेसीआई सिद्धार्थ नेपालको वर्ष २०२१ को कानूनी सल्लाहकारमा राकेश गुरुङ, कार्यकारिणी उपाध्यक्षमा गौरव कोइराला, हरिलाल जयसवाल, महासचिवमा सागर पोखरेल, कोषाध्यक्षमा मनोज भण्डारी, उपाध्यक्षमा राजु शर्मा, कृतेश कुमार श्रेष्ठ, साकार न्यौपाने, अर्जुन कुवंर, निर्देशकमा सौरभ घिमिरे, सम्राट थापा, निशंक पौडेल, किसन कुमार पटवा, तालिम संयोजकमा ऋषिराम पाण्डेय, प्रकरण निर्देशकमा दिपक काफ्ले, शाखा सम्पादकमा दिपक सापकोटा, सदस्य वृद्धि संयोजकमा कमल जि.सी., कार्यक्रम सम्पादन संयोजकमा पंकज उदास र एरिया डि संयोजकमा विकास नारायण श्रेष्ठ निर्वाचित भएको निर्वाचन समिति संयोजक ओम कुमार श्रेष्ठले बताए ।
त्यस्तै संस्थाको सचिवमा कुशल उपाध्याय, एन.बी. एन संयोजकमा अनित कुमार गुप्ता, सह–कोषाध्यषमा लोकमणि भट्टराई, शाखा सहसम्पादकमा केशव भण्डारी, सूचना तथा सञ्चार संयोजकमा गोपाल भण्डारी, जनसम्पर्क अधिकारीमा शार्दुल मयुर कसौधन, आई.टी. चेयरमेनमा नरेन्द्र बञ्जाडे, सामाजिक परिचालकमा सतिश थैव, खेलकुद संयोजकमा ओजश शर्मा, स्वास्थ्य संयोजकमा राजेश प्रताप बस्नेत, अन्तर्राष्ट्रिय सम्बन्ध संयोजकमा हरिश सेठिया रहेका छन् ।
त्यस्तै सल्लाहकारमा ओम कुमार श्रेष्ठ, रामचन्द्र उपाध्याय, खगेन्द्र शर्मा, दिपेन्द्रमान श्रेष्ठ, शुशिल गुरुङ, देवराज न्यौपाने, निरज नारायण श्रेष्ठ, संगम न्यौपाने, लेखनाथ भट्टराई र सुमन शर्मा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादवले व्यक्तिको शासन नभइ विधिको शासनमा चल्ने जेसीजले समाजमा उदाहरणीय कार्य गरेको बताए। उनले वर्ष २०२० का अध्यक्ष मंगल भण्डारीको टिमले रचनात्मक कार्य गरेको बताए। उनले जुनसुकै स्थानमा पनि विधिको शासन आवश्यक रहेकोमा जोड दिए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कोभिड–१९ को महामारीमा मंगल भण्डारीले कोभिड संक्रमित विरामीलाई आफ्नै सवारीसाधनमा अस्पतालमा पुर्याउनु सामान्य कुरा नभएको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले महासंघले सिद्धार्थ जेसीजसंग सहकार्य गर्दै अगाडी बढ्ने बताए।
कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट गु्रपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराई, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग केन्द्रका प्रमुख शान्ति सुवेदी लगायतले बोल्दै मंगल भण्डारी र जेसीआई सिद्धार्थले समाजलाई अतुलनीय योगदान पुर्याएको बताए।
जेसीआई सिद्धार्थ वर्ष २०२० का महासचिव दिपक काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
समाचार सम्पादक गुप्ता सम्मानित
जेसीआई सिद्धार्थ, नेपालको ‘मोहनलाल शारदा मेमोरियल ट्रष्ट‘ अन्तर्गत ‘संस्थापक अध्यक्ष अवार्ड’ २०२० बाट खबरपात्रो डट कमका समाचार सम्पादक रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका छन्। आइतबार जेसीआई सिद्धार्थ, नेपालको भैरहवामा सम्पन्न ४६ औं पदस्थापन समारोहमा उनलाई नगद रु. १० हजारसहित कदरपत्रबाट सम्मान गरिएको हो।
पत्रकारिता क्षेत्रमार्फत समाजमा योगदान पु¥याएको भन्दै गुप्तालाई जेसीआई सिद्धार्थ, नेपालले सम्मान गरेको हो। उनलाई प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादव र जेसीआई सिद्धार्थ–२०२० का अध्यक्ष मंगल भण्डारीले नगद तथा कदरपत्र प्रदान गरे।
त्यस्तै संस्थापक अवार्डबाट काभ्रे जेसिजका पुर्व अध्यक्ष मिलन गुरुङलाई पनि सम्मानीत गरिएको थियो। उनी जेसिजका अफिसियल ट्रेनर हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij