images

शनिवार, बैशाख ८ गते २०८१

गणतन्त्र दिवसको अवसरमा सियारीमा वृक्षारोपण

गणतन्त्र दिवसको अवसरमा सियारीमा वृक्षारोपण

images
images
images
सोमवार, जेठ १५ २०८०
सोमवार, जेठ १५ २०८०
  • गणतन्त्र दिवसको अवसरमा सियारीमा वृक्षारोपण

    भैरहवा, १५ जेठ । 
    गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले वृहत रुपमा वृक्षारोपण कार्यक्रम गरेको छ । गाउँपालिकाले बेथरी–बेलबास सडकखण्डको अमुवा क्षेत्रमा नहरको दुवैतर्फ वृक्षारोपण गरेको हो ।

    images
    images
    images

    सडकलाई सुन्दरीकरण गर्ने पालिकाको योजनाअनुसार अमुवा टोल विकास संस्थाको संयोजनमा वृक्षारोपण गरिएको गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले पालिकालाई सुन्दरीकरण बनाउने योजनाअनुसार वृक्षारोपण सुरु गरिएको बताए ।

    उनले अमुवा क्षेत्रबाट सुरु गरिएको वृक्षारोपण कार्यलाई निरन्तरता दिदै बेथरी–बेलवास सडकखण्ड अन्र्तगत सियारीमा पर्ने सडकको दुवैतर्फ वृक्षारोपण गरी सुन्दरीकरणमा विशेष ध्यान दिने बताए । 

    कल्की, तेजपत्ता, गुलमोहर, धुपी, सुपारीलगायतका ५ सय वटा विरुवाहरु रोपिएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । उनले अमुवा क्षत्रेको झण्डै सवा किलोमिटर क्षेत्रमा वृक्षारोपण गरिएको र रोपिएका विरुवाको संरक्षण स्थानीयको सहयोगमा पालिकाले गर्ने उल्लेख गरे ।  

    अमुवा टोल विकास संस्थाका अध्यक्ष शिवकुमार अग्रहरीले रोपिएका विरुवाको संरक्षणमा आफूहरुले विशेष ध्यान दिने बताए ।  

    वृक्षारोपण कार्यक्रममा पालिकाका उपाध्यक्ष तारा थारुसहित पालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानीय संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, बैंक तथा वित्तीय सस्ंथाका प्रतिनिधि, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

    IMG_2948.JPG
    IMG_2962.JPG
    IMG_2950.JPG

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij