images

शुक्रवार, चैत्र १६ गते २०८०

घरघरमा प्रदेश सरकारको अनुभुति हुने गरी काम गर्छौं : मन्त्री पाण्डेय

घरघरमा प्रदेश सरकारको अनुभुति हुने गरी काम गर्छौं : मन्त्री पाण्डेय

images
images
images
सोमवार, जेठ १५ २०८०
सोमवार, जेठ १५ २०८०
  • घरघरमा प्रदेश सरकारको अनुभुति हुने गरी काम गर्छौं : मन्त्री पाण्डेय

    भैरहवा, १५ जेठ ।
    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले आउने दिनमा घरघर र गाउँगाउँमा प्रदेश सरकारको अनुभुति हुने गरी काम गर्ने बताएका छन् । उनले लुम्बिनी प्रदेश विश्वको मानचित्रमा पर्यटनको प्रदेश भनेर चिनाउन सफल हुने दावी गरे ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिले सोमबार दाङमा आयोजना गरेको गणतन्त्र दिवस, २०८० मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले सरकारले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई विशेष ध्यान दिएर अघि बढ्ने बताए ।

    उनले भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई पर्यटनको माध्यमबाट आर्थिक रुपमा सम्पन्न बनाउन प्रदेश सरकार लागेको बताए । उनले प्रदेशमा शान्ति सुरक्षाको अनुभुति दिलाउने गरी आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले काम गर्ने बताए । उनले भने, ‘विगतमा जनताले केन्द्र र संघीय सरकार मात्रै देखेको थियो । लामो आन्दोलन/संघर्ष र शहीदहरुको सहादतपछि यस राष्ट्रमा संघीयता प्राप्त भएको छ । संघीयताको माध्यमले प्रदेश सभाहरुको स्थापना भएको छ ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले प्रदेश सरकारले केही गर्छ भन्ने जनतामा सकारात्मक सोच आएको बताए । उनले सरकारले स्थानीय उत्पादनको ‘ब्राण्डिङ’ र बजार व्यवस्थापनको वातावरण बनाउने बताए । उनले भने, ‘केही मित्रहरुको संघीयता चाहिदैनन् भन्ने सोच रहेको छ । तर, संघीयता कसैले दक्षिणामा लिएको होइन । यो राष्ट्रमा संघीयता रहदैन भन्ने कल्पना गर्न सकिदैन । यो देशको धर्तीपूत्र लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएको छ । यो गणतन्त्र र संघीयताको देन हो । ’

    350139270_784472059851543_5514182595896625809_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij