२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखेको भन्दै डा.बाबुराम भट्टराईको आपत्ति

मंगलवार , जेठ १६, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, १६ जेठ । 
    पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको भिते चित्रमा अंकित भौगलिक पहिचानप्रति चासो व्यक्त गरेका छन् । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमिझै दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो व्यक्त गरेका हुन् । उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमिझै उल्लेख गर्ने विषयले दुई देशका बीचमा आपसी कुटनीतिक सम्बन्धमा दरार आउन सक्ने जनाएका छन् ।

    ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’

    newskarkahna-news516870..jpeg
    undefined