images

मंगलवार, बैशाख ११ गते २०८१

विभिन्न अवसरबाट वञ्चित भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गुनासो

विभिन्न अवसरबाट वञ्चित भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गुनासो

images
images
images
बुधवार, जेठ १७ २०८०
बुधवार, जेठ १७ २०८०
  • विभिन्न अवसरबाट वञ्चित भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको गुनासो

    भैरहवा, १७ जेठ ।
    आफूहरु राज्यबाट पाउनुपर्ने विभिन्न अवसरबाट वञ्चित भएको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गुनासो गरेका छन् । उनीहरुले संविधानमा उल्लेख भएका हकअधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।

    images

    एक्लोलाई सहारा दिने वृक्ष समूहको आयोजना तथा रोहिणी गाउँपालिका, रुपन्देहीको सहयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको सवालमा पालिका तथा जिल्लास्तरीय दुईदिने परामर्श गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् । भैरहवामा बुधबारदेखि सुरु भएको गोष्ठीमा उनीहरुले संविधानमा हकअधिकार उल्लेख हुनु उपलब्धी भए पनि कार्यान्यवन हुन नसक्नु दुःखद भएको बताए ।

    कार्यक्रममा बोल्दै एक्लोलाई सहारा दिने वृक्ष समूहकी कार्यालय प्रमुख मनिला न्यौपानेले नागरिक भएर पनि नागरिकताको प्रमाणपत्र पाउनका लागि निकै झण्झटिलो प्रक्रिया रहेको बताइन् । आफ्नो पहिचान अनुसार नागरिकताको प्रमाणपत्र पाउनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘सम्पूर्ण नागरिकलाई समान व्यवहार आवश्यक छ । रोजगारीका कोटा निर्धारण गर्दा सबैलाई समान अवसर दिनुपर्छ । तर, त्यसो हुन सकेको छैन । ’ स्थानीय तहमा लैंगिकमैत्री बजेट बनाउँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्नुपर्ने उनको माग छ ।

    एक्लोलाई सहारा दिने वृक्ष समूहकी अध्यक्ष अस्मिता रानाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले गरेका राम्रा कामहरुको मूल्यांकन हुन नसकेको बताइन् । 

    रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका समस्या समाधानका लागि गाउँपालिकाकोतर्फबाट सक्दो कार्यक्रम अघि बढाउने बताए । उनले आगामी दिनमा यो समुदायसँग सहकार्य गर्दै कार्यक्रमहरु सञ्चालन गर्ने बताए । 

    गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । उनले भने, ‘सीपमूलक तालिमका लागि बजेट बिनियोजन गर्छौं । ’

    IMG_8435.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij