images

शुक्रवार, चैत्र १६ गते २०८०

कोटहीमाई–२ मा स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन

कोटहीमाई–२ मा स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन

images
images
images
बुधवार, जेठ १७ २०८०
बुधवार, जेठ १७ २०८०
  • कोटहीमाई–२ मा स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन

    भैरहवा, १७ जेठ ।

    images
    images
    images

    रुपन्देहीको कोटहीमाई गाउँपालिकामा स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालनमा आएको छ । कोटहीमाई–२ स्थित सक्रौनपकडी स्वास्थ्य चौकीको नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले उद्घाटन गरेका हुन् ।

    IMG_3626.jpg

    अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीले अब आफ्नै भवनबाट सेवा दिने गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए । उनले गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि सबैको साथ, समन्वय र सहयोगको आवश्यकता रहेको बताए । स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा सुविधाप्रति गम्भिर रही कुनै कमी हुन नदिन उनले आग्रह गरे । स्वास्थ्य चौकीबाट दिने सेवासुविधाप्रति गुनासो आउन नदिने गरी काम गर्नुपर्ने उनको भनाइ छ । उनले भने ‘स्वास्थ्य क्षेत्रलाई प्रतिकूल असर पार्ने गरी कोरोना महामारीबाट प्रभावित भइ संकटग्रस्त अर्थतन्त्रको सामना गरिरहेका छौं । आम नागरिकहरुको स्वास्थ्यप्रति जिम्मेवार हुनुपर्दछ ।’

    त्यस्तै कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवासुविधामा कुनै कमी हुन नदिन बताइन् । उनले स्वास्थ्यकर्मी जस्तै महिला स्वास्थ्य स्वयंसेविकाहरु पनि दिनरात खट्ने भएकाले उहाँहरुलाई सम्मानजनक सेवासुविधा प्रदान गरिने बताइन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले सबैको प्रयासबाट २८ वर्षपछि स्वास्थ्य चौकी आफ्नै भवनबाट सञ्चालन भएको बताए ।

    करिब ४३ लाखको लागतमा निर्माण भएको उक्त भवनमा ओपिड कक्ष, गर्भवती जाँच कक्ष, कार्यालय प्रमुख कक्ष, शौचालय, किचेनलगायतको व्यवस्थापन गरिएको छ ।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रामनिवास यादव, समाजसेवी गुरुवचन यादव, जयचन्द यादव, रामजीवन मौर्य, महिला स्वास्थ्य स्वयंसेविका मंगला थारु लगायतले बोलेका थिए ।

    कोटहीमाई–२ का वडाध्यक्ष अमरनाथ यादवको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख घनलाल अर्यालको स्वागत तथा मर्यादपुर स्वास्थ्य चौकी प्रमुख मनबहादुर कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_3678 copy.jpg

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij