२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

नक्कली भुटानी शरणार्थी घटना निष्पक्ष छानबीन गर्न आग्रह

बुधवार , जेठ १७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, १७ जेठ । 
    नक्कली भुटार्नी शरणाथी घटना निष्पक्ष छानबीन गर्न मानव अधिकार एलाइन्सले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै एलाइन्स लुम्बिनी प्रदेश र रुपन्देही शाखाले अपराधिक घटनाहरू कोही कसैबाट पनि नदोहोरिने सुनिश्चितता गर्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गरेका हुन् ।

    नक्कली भुटानी शरणार्थी बनाइ नेपाली नागरिकलाई तेस्रो मुलुकमा पठाउने कार्यमा सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, पूर्व मन्त्रीहरू लगायत संलग्न भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाइ कानूनको कठघरामा उभ्याउन उनीहरुले आग्रह गरेका छन् ।

    ‘सरकारका केही उच्च पदस्थ कर्मचारीहरू, केही मन्त्रीहरू र उनका नातागोताका व्यक्तिहरू समेत संलग्न भइ गलत ढंगले नागरिकहरुलाइ अन्य मूलुकमा पठाउनु भनेको मानव तस्करी गर्ने कार्यमा राज्यका अंगहरूको दुरुपयोग हो’, मानवअधिकार एलाइन्स लुम्बिनी प्रदेश सचिव दामोदर घिमिरे र जिल्ला सचिव चिरञ्चिवी ज्ञवालीद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

    नीति निर्माता र राज्य सञ्चालकहरू नै मानव तस्करी लगायतका अपराधिक गतिविधिमा संलग्न हुनु भनेको राज्य व्यवस्था, शासन प्रणाली, राजनीतिक दलहरू र कानूनी शासनप्रति अविश्वास सिर्जना गर्ने, मुलुकको सार्वभौमसत्ता र नागरिकको आत्मसम्मानमा चोट पुर्याउने विषय भएकाले दोषीमाथि कडा कारवाही गरिनुपर्ने ज्ञापनपत्रमा जनाइएको छ ।

    ज्ञापनपत्रमा राजनीतिक दलहरूप्रति विश्वास र भरोसा सिर्जना गर्नका लागि विभिन्न समयमा भएका भ्रष्टाचारसम्बन्धी सम्पूर्ण घटनाहरूको निष्पक्ष र पारदर्शी ढंगले छानबीन गर्न, दोषीलाई कानुनको कठघरामा उभ्याउन र मुलुकमा विमान कुनै पनि प्रकारका मानव तस्करी नियन्त्रण गर्न सरकारसमक्ष जोडदार माग गरिएको छ ।