२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

रुपन्देहीमा अवैध रुपमा ल्याइएका कुखुराको चल्ला प्रहरी नियन्त्रणमा 

बिहिवार , जेठ १८, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १८ जेठ ।
    रुपन्देही प्रहरीले अवैध रुपमा ल्याइएका कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बुधबार रोहिणी गाउँपालिका–२ स्थित मैनिहवाबाट ४० काटुन (३ हजार २ सय वटा) कुखुराको चल्ला बरामद गरेको हो । 

    भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरेको बेवारिसे अवस्थामा रहेको अन्दाजी २ लाख रुपैयाँ बराबरको कुखुराको चल्ला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए । 

    बरामद गरिएको कुखुराको चल्ला आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।