images

शनिवार, बैशाख १५ गते २०८१

रुपन्देहीमा पीकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुपन्देहीमा पीकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

images
images
images
शुक्रवार, जेठ १९ २०८०
शुक्रवार, जेठ १९ २०८०
  • रुपन्देहीमा पीकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    भैरहवा, १९ जेठ ।
    भैरहवामा बिहीबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा मिलनचोकबाट गौतमबुद्ध विमानस्थलतर्फ जाँदै गरेको पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकाअनुसार विमानस्थलतर्फ जाँदै गरेको भे १ च ३२९० नम्बरको पीकअपले विपरित दिशाबाट आउँदै गरेको लु १३ प ९२४६ नम्बरको मोटरसाइकललाई राति करिब ११ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । 

    दुर्घटनामा टाउकोमा गम्भिर चोट लागेका राजपुतलाई अस्पताल पुर्याएको केहीबेरमै मेडिकल कलेजले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रमुख तथा प्रहरी निरीक्षक साकार राज पन्तले जानकारी दिए ।
    दुर्घटनापछि सवारी चालक र पीकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij