२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

पूर्वराजा स्व. विरेन्द्र शाहको सम्झनामा राप्रपा सिद्धार्थनगरद्वारा दीप प्रज्जवलन

शुक्रवार , जेठ १९, २०८०

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, १९ जेठ ।
    पूर्व राजा स्व. विरेन्द्र शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर समितिले भैरहवामा दीप प्रज्जवलन गरेको छ । स्व. राजा विरेन्द्र शाहसहित राजपरिवारको २२ औं पुण्यतिथिमा शुक्रबार सांझ भैरहवाको बुद्धचोकमा दीप प्रज्जवलन गरिएको राप्रपा सिद्धार्थनगरले जनाएको छ ।

    राप्रपा सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य वसन्त विक्रम शाही, लुम्बिनी प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा जिल्ला सदस्य युवराज तिमिल्सेना, सिद्धार्थनगर–३ का वडा अध्यक्ष नारायण उपाध्याय , नगर उपाध्यक्ष संगिता गुरुङ, महिला जिल्ला सचिव प्रतिमा काफ्ले, केन्द्रिय सद्स्य पुनम यादव, नगर युवक अध्यक्ष सुमन गुरुङलगायतको उपस्थिति रहेको थियो ।

    राप्रपाका नेता शंकर खत्रीको स्वागत तथा सिद्धार्थनगर सचिव प्रकाश ढाडीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले स्व. राजा विरेन्द्रको योगदानको बारेमा प्रकाश पारेका थिए ।

    350943301_262728116266002_6752858577203267050_n.jpg