images

शुक्रवार, चैत्र १६ गते २०८०

उडिसा रेल दुर्घटना : राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उद्घाटन स्थगित

उडिसा रेल दुर्घटना : राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उद्घाटन स्थगित

images
images
images
शनिवार, जेठ २० २०८०
शनिवार, जेठ २० २०८०
  • उडिसा रेल दुर्घटना : राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उद्घाटन स्थगित

    नयाँ दिल्ली, २० जेठ । 
    ओडिशाको बालासोर जिल्लामा शुक्रबार साँझ भएको दर्दनाक रेल दुर्घटनामा अहिलेसम्म २८० भन्दा बढीको मृत्यु भईसकेको छ । आजतकका अनुसार सोक्रममा ९ सयभन्दा बढी घाइते भएको बताइएको छ । कोरोमण्डल एक्सप्रेसका पटरीबाट खसेका थिए, त्यसपछि यो अर्को लाइनमा विपरीत लाइनबाट आउँदै गरेको अर्को रेलसँग ठोक्कियो । जसका कारण यो दर्दनाक दुर्घटना भएको हो । ओडिशा रेल दुर्घटनाको छानबीन गर्न आदेश दिइएको छ। दक्षिण पूर्वी क्षेत्रका रेलवे सुरक्षा आयुक्त (सीआरएस) एएम चौधरीले यो ठूलो रेल दुर्घटनाको अनुसन्धान गर्ने जनाएका छन् ।

    images
    images
    images

    ओडिशाका मुख्य सचिवका अनुसार हालसम्म २ सय ३३ जनाको मृत्यु भएको प्रमाणित भएको छ । सोही क्रममा रेल दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोपालपुर, कान्तपाडा, बालासोर, भद्रक र सोरोका अस्पतालमा भर्ना गरिएको छ । जानकारी अनुसार राहत तथा उद्धार कार्य जारी रहेको छ ।

    पटरीबाट खसेको डिब्बामा कैयौं यात्रु फसेका थिए भने स्थानीयले आकस्मिक सेवाका कर्मचारीलाई उद्धार गर्न सहयोग गरिरहेका थिए तर अन्धकारले काममा बाधा पुगेको थियो ।

    रेल दुर्घटनाले अन्य रेलहरूलाई असर :

    यस रुटबाट गुज्रिरहेका करिब ९२ अन्य ट्रेनहरू रेल दुर्घटनाबाट प्रभावित भएका छन् । नतिजास्वरूप ४३ ट्रेनहरू रद्द गरियो । एकै समयमा ३८ ट्रेनहरूको रूट डाइभर्सन गरिएको थियो । जबकी ९ ट्रेनहरू बन्द गरिएको छ । यसबाहेक एउटा ट्रेनको समय तालिका परिवर्तन गरिएको थियो ।

    प्रधानमन्त्री मोदीको रेलमन्त्रीसँग कुराकानी : 

    प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाबाट आफू दुःखी भएको बताउँदै रेलमन्त्री अश्विनी वैष्णवसँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएका छन । उनले भने, ‘म ओडिशामा भएको रेल दुर्घटनाबाट दुःखी छु । दुःखको यस घडीमा शोक सन्तप्त परिवारसँग मेरो समवेदना छ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना । रेलमन्त्री अश्विनी वैष्णवसँग कुरा गरी स्थिति पछि उनले दुःख प्रकट गरेका हुन ।

    क्षतिपूर्तिको घोषणा

    यससँगै रेल मन्त्री अश्विनी वैष्णवले ओडिशामा भएको रेल दुर्घटनामा क्षतिपूर्ति दिने घोषणा गरेका छन् । वैष्णवले ट्वीट गर्दै भनेका छन, ‘ओडिशामा भएको यो दुर्भाग्यपूर्ण रेल दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपुर्ति दिइनेछ ।’ यससँगै पीएम मोदीले पनि मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

    ओडिशामा राज्य शोकको घोषणा

    ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एकदिने राजकीय शोकको घोषणा गरेका छन् । रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी आज ओडिशाको भ्रमण गर्न लागेकी छन् । रेलवेको खड़गपुर डिभिजनका डीआरएमकाअनुसार रेल दुर्घटनापछि कम्तिमा १३ वटा ट्रेन या त डाइभर्ट गरिएको छ वा रद्द गरिएको छ ।

    मुम्बई–गोवा एक्सप्रेसको उद्घाटन रद्द

    शनिबार बिहानको लागि तय गरिएको मुम्बई–गोवा वन्दे भारत एक्सप्रेसको उद्घाटन समारोह ओडिशामा रेल दुर्घटनाका कारण रद्द गरिएको छ । प्रधानमन्त्री मोदीले यो ट्रेनलाई झण्डा हल्याएर उद्घाटन गर्दै थिए । कार्यक्रम आज बिहान साढे १० बजेका लागि तय भएको थियो ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij