शुक्रवार, आश्विन ५ गते २०८०

विपद् व्यवस्थापनमा काम गर्ने संघ–संस्थालाई प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाण्डेय

विपद् व्यवस्थापनमा काम गर्ने संघ–संस्थालाई प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाण्डेय

images
images

खबर पात्रो

२०, जेठ २०८०
  • 2.2K
    SHARES
  • विपद् व्यवस्थापनमा काम गर्ने संघ–संस्थालाई प्रदेश सरकारले सहयोग गर्छ : मन्त्री पाण्डेय

    भैरहवा, २० जेठ ।
    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने संघ–संस्थालाई प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । उनले विपद् व्यवस्थानका लागि खट्ने जनशक्तिलाई सहयोग गर्ने दायित्व प्रदेश सरकारको पनि भएको बताए ।

    विकास तथा प्रकोप व्यवस्थापन केन्द्र, नेपाल (सीडीएम) को आयोजना,  एमआईएसईआरईओरको सहयोग तथा गाउँपालिका तथा नगरपालिकाको सहकार्यमा भैरहवामा सञ्चालित दुईदिने जलवायु चेम्पियन तालिमको शनिबार समापन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । 

    images
    images

    सामुदायिक उत्थानसील कार्यक्रम (तेस्रो चरण) अन्तर्गत भएको तालिममा बोल्दै उनले कानूनभित्र रहेर र क्रेडिट लिदै सेवा गर्छु भनेर मात्र अघि बढे मुलुकको कल्याण हुन नसक्ने बताए । उनले भने, ‘कोभिड–१९ महामारीमा पनि सरकार भन्दा आम जनता र विभिन्न संघ–संस्थाले काम गरेका थिए । ३१ दिनमा ४६ हजार मान्छेलाई खाना खुवाएकै हौं । विपद् परेको बेला व्यवस्थापन गर्छौं भन्ने सोत राख्नुपर्छ ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले भएका पूर्वाधार र उपलब्ध व्यवस्थाभित्र व्यवस्थापन गर्न सके समस्याहरुको समाधान गर्न सकिने बताए । उनले आत्मबल कमजोर बनाएर समस्या समाधान हुन नसक्ने बताए । उनले भने, ‘सपना बढी देख्ने तर प्रयास नगर्ने र अरुले गरेनन् भनेर आरोप लगाएर मात्रै हुँदैन । अतित र भविष्यको कुरा गरेर विचार बन्दैन, वर्तमानमा के गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हो । ’ प्रदेश सरकारले प्रभावकारी विपद् व्यवस्थापनमा आफ्नो दायित्व निर्वाह गर्ने उनको भनाइ छ ।

    त्यस्तै विकास तथा प्रकोप व्यवस्थापन केन्द्र, नेपाल (सीडीएम) का उपाध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई सँगसँगै हेर्नुपर्ने बताए । उनले विपद्को जोखिममा रहेका ठाउँलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘विपद् व्यवस्थापन शाखा व्यवस्थित हुनुपर्छ । पूर्वतयारीमा जोड दिनुपर्छ ।’
    सीडीएम नेपालका पूर्व अध्यक्ष तथा स्रोत व्यक्ति विष्णु खरेलले जलवायु परिवर्तनले विश्वमा नै आतंक मच्चाइरहेको बताए । उनले नेपालमा पनि जलवायु परिवर्तनले ठूलो असर गरेको बताए । उनले भने, ‘विपद् व्यवस्थापन प्राथमिकतामा पर्न सकेको छैन । ’

    तालिममा सहभागीहरुको तर्फबाट बोल्दै सम्मरीमाई गाउँपालिका शिक्षा शाखा अधिकृत रामदास गौड र गैडहवा गाउँपालिका सामाजिक विकास शाखा अधिकृत रचना गौतमले विपद् व्यवस्थापनको क्षेत्रमा पालिकाबाट भएका कामहरुबारे जानकारी गराएका थिए ।

    सामाजिक परिचालक अनु श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सियारी, गैडहवा, सम्मरीमाई, कोटहीमाई, प्रतापपुर गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिका गरी ६ वटा पालिकाबाट प्रतिनिधिहरुको सहभागीता रहेको सीडीएम नेपालका कार्यक्रम निर्देशक विवेक खरेलले बताए ।

    IMG_8745.JPG

    images
    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - १९:३१:२२ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij