शुक्रवार, आश्विन ५ गते २०८०

एकीकृत व्यवस्थापनबारे परामर्श बैठक 

एकीकृत व्यवस्थापनबारे परामर्श बैठक 

images
images

खबर पात्रो

२०, जेठ २०८०
  • 309
    SHARES
  • एकीकृत व्यवस्थापनबारे परामर्श बैठक 

    लुम्बिनी, २० जेठ ।
    बुद्ध जन्मस्थल लुम्बिनीको एकीकृत व्यवस्थापन संरचनाका विषयमा विज्ञ र सरोकारवालाहरुबीच परामर्श बैठक सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको संयुक्त आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी पवित्र बगैचा क्षेत्रको एकीकृत व्यवस्थापन संरचनाका बारेमा बैठकमा छलफल भएको छ ।

    विश्व सम्पदामा सूचीकृत भएको लुम्बिनीको पवित्र बगैचा क्षेत्रमा प्राकृतिक प्रकोपको नियन्त्रण, वातावरण प्रदुषण, थप विकास निर्माण र पर्यटकमैत्री वातावरण निर्माणका विषयमा यूनेस्को विज्ञहरुले प्रस्तुती राखेका थिए ।

    images
    images

    लुम्बिनीमा गुरुयोजनाले निर्दिष्ट गरे अनुसार भौतिक पूर्वाधारका कामहरु गर्नुपर्ने बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।  बैठकमा पवित्र बगैंचा क्षेत्रको सम्पदा संरक्षण र एकीकृत व्यवस्थापन संरचनाको अन्य दीगो बिषयमा बैठकमा छलफल गरिएको उनले बताए ।

    परामर्श बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैय, पुरातात्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सुरेश श्रेष्ठ, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा सम्पदा विशेषज्ञ काई वाइज, विज्ञहरु प्रा.डा. राजेश राई, डा. इनु प्रधान,  राजेन्द्र सुवाल, लुम्बिनी विकास कोषका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीले प्रस्तुती राखेका थिए । बिहीबार गरिएको छलफलले पवित्र बगैचा क्षेत्रका सम्पदाहरुको संरक्षणका बिषयमा महत्वपूर्ण सुझावहरु परामर्श बैठकले दिएको छ  ।

    बैठकपछि लुम्बिनी साँस्कृितक र कपिलवस्तु नगरपालिका जनप्रतिनिधिहरुसँग पनि छलफल गरिएको यूनेस्कोले जनाएको छ ।

    images
    प्रकाशित मिति :जेठ २०, २०८० शनिवार - १९:५७:२९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij