२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

विश्व वातावरण दिवस : नेविसंघ रुपन्देहीद्वारा वृक्षारोपण

सोमवार , जेठ २२, २०८०

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, २२ जेठ ।
    विश्व वातावरण दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति, रुपन्देहीले वृक्षारोपण कार्यक्रम गरेको छ । ‘रुख  रोपौं, पर्यावरणलाई जोगाऊँ’ भन्ने नाराकासाथ सोमबार बुटवल उपहानगरपालिका–७ स्थित वि.पी. वाटिकामा वृक्षारोपण गरिएको नेविसंघ रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेले बताए । कार्यक्रममा ६० वटा विरुवा रोपिएको पाण्डेले जानकारी दिए ।

    नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका पूर्व सभापति तथा पूर्व नगर उपप्रमुख राम प्रसाद खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन नेविसंघ रुपन्देही जिल्ला सचिव मनोज बेलबासेले गरेका थिए । 

    349175491_1331026557479835_9165300309962775334_n.jpg