
मंगलवार , पौष २८, २०७७
बुटवल, २८ पुस ।
लायन्स क्लब अफ बुटवल स्टार्सले सैनामैनास्थित अभियान नेपाल बाल गृहमा विद्यालय पोशाक तथा न्यानो कपडा प्रदान गरेको छ । मंगलबार क्लबले एक कार्यक्रमको आयोजना गरी बाल गृहमा रहेका बालबालिकाहरुलाई विद्यालय पोशाक तथा स्वीटर वितरण गरेको हो । तेस्रो कार्यक्रम अन्र्नगत सहयोग गरिएको क्लबले जनाएको छ । ९ जना विद्यार्थीहरुलाई स्वीटर र पोशा प्रदान गरिएको क्लबका अध्यक्ष शुसिल पाण्डेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका पूर्व गर्भनर महेन्द्र नारायण श्रेष्ठले लायन्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म जयन्तीको अवसरमा क्लबले गरेको सहयोगको काम उत्कृष्ट रहेको बताए । उनले विगतको दिनमा पनि लायन्स बुटवल स्टार्सले महत्वपुर्ण काम गरेको भन्दै आगामी दिनमा पनि सहयोग गर्दैै जाने कुरामा आफु विश्वस्त रहेको बताए ।
अभियान नेपाल बाल गृहका अध्यक्ष तिलक शाहीले सबैको सहयोगबाट नै बालगृह सञ्चालनमा आएको भन्दै सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बी २ नेपाल रिजन ३० चेयरपर्सन आशिष कृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एम.एल. पाण्डे, संयोजक अब्दुल सलामद खान लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij