२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

रेडक्रस कोटहीमाई उपशाखाको प्रथम अधिवेशन, सभापतिमा चौधरी

शुक्रवार , जेठ २६, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २६ जेठ ।

    नेपाल रेडक्रस सोसाइटी, कोटहीमाई उपशाखा, रुपन्देहीको प्रथम अधिवेशन तथा साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कोटहीमाई गाउँपालिका–४ स्थित मझगाँवामा भएको अधिवेशनले शिव शंकर चौधरीको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपशाखाको उपसभापतिमा अनुराधा उपाध्याय, सचिवमा ग्रिजेश कुर्मी, कोषाध्यक्षमा रामानन्द शुक्ला, उप–सचिवमा महेन्द्र यादव र उप–कोषाध्यक्षमा मिथिलेश मिश्रा रहेका छन् । त्यस्तै सदस्यहरुमा उदयमान कुर्मी, प्रिन्स कुमार उपाध्याय, शैलेष कुमार हरिजन, संदिप कुमार तिवारी, मनिषा हरिजन रहेका छन् ।

    कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाका कोषाध्यक्ष सुशील गुरुङ्गले रेडक्रसले मानवीय कार्य अन्तर्गत विपद्, रक्त सञ्चार, प्राथमिक उपचारमा खेलेकोे भूमिका, योगदान तथा व्यक्तित्व विकासमा यसले पारेको प्रभावको बारेमा आप्mनो धारणा राखेका थिए ।

    रेडक्रस सोसाइटी कोटहीमाई उपशाखाका सभापति शिव शंकर चौधरीको सभापति तथा रुपन्देही जिल्ला कोषाध्यक्ष सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, रुपन्देही जिल्ला शाखाका सदस्य तथा सम्मरीमाई उपशाखाका सभापति निरञ्जन पाठक, समाजसेवी अनिल कुमार के.सी., योगेन्द्रनाथ पाण्डे लगायतको उपस्थिति रहेको थियो ।